Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोल, डिजेल र मट्टितेलको भाउ १० रुपैयाँले घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ १० रुपैयाँले घट्यो

दैनिकी न्यूज

१९, जेठ २०७९
पेट्रोल, डिजेल र मट्टितेलको भाउ १० रुपैयाँले घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ भाउ घटेको जनाएको हो ।

सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै भाउ पनि घटेको हो । निगमका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप भाउ घटाइएको हो । अब पेट्रोलको भाउ प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको भाउ १५३ रूपैयाँ पर्नेछ ।

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - २०:३९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology