Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्से सूचक दोहोरो अंकले घट्यो

नेप्से सूचक दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

१६, जेठ २०७९
नेप्से सूचक दोहोरो अंकले घट्यो
images

काठमाडौं । सोमबार नेप्से परिसूचक ५० दशमलव ३३ अंकले घटेको छ । आर्थिक वर्ष २०७९–०८० को बजेट आएको भोलिपल्टै सेयर बजार २.२६ प्रतिशतले घटेर २ हजार १७३ दशमलव ४४ बिन्दुमा झरेको हो ।

यस दिन कुल २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।

सोमबार कारोबार रकम भने १ अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँको भएको छ ।

आज बलेफी हाइड्रोको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२४.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । 

images
प्रकाशित मिति :जेठ १६, २०७९ सोमवार - १५:२४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology