काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज बढेको छ । हिजो सुनको भाउ प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सय रुपैयाँले बढेको हो । बिहिबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार एक ५ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२ सय ८० रुपैयाँ भाउ कायम भएको महासंघले जनाएको छ ।