Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुई कम्पनीलाई बोर्डले दियो आईपीओ निष्काशन गर्न अनुमति

दुई कम्पनीलाई बोर्डले दियो आईपीओ निष्काशन गर्न अनुमति

दैनिकी न्यूज

११, जेठ २०७९
दुई कम्पनीलाई बोर्डले दियो आईपीओ निष्काशन गर्न अनुमति
images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।

यस्तै, बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीलाई पनि २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले उक्त शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १८:३२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology