Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

दैनिकी न्यूज

११, जेठ २०७९
शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो
images

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो मङ्गलवार १६ अङ्कले बढेको नेप्से आज १४ दशमलव ३७ अङ्कले बढेर दुई हजार दुई सय ३१ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेको छ । दुई सय २६ कम्पनीको २६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब चार करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोसीको आठ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, सिङ्गटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । 

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १८:२२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology