Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

४, जेठ २०७९
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार २६० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - ११:३२:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology