काठमाडौँ । सेयरबजारमा आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ८४ दशमलव ९० अंकले र सेन्सिटिभ सूचक १४ दशमलव २७ अंकले घटेको हो।
बजारमा आज २२१ कम्पनीको कारोबार भएकोमा ३५ लाख ९५ हजार कित्ता सेयर बिक्री भएको छ।
दिनभरिमा ३३ हजार ६१० पटकको खरिदबिक्रीमा १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको हो।
आज १३ वटै उपसूचकहरु राताम्य छन् भने बीमा समूहको धेरै ठूलो गिरावट आएको छ।
आज बजारमा १८८ कम्पनीको सेयर घट्दा दुईवटाको मात्रै बढेको छ।
आज कमाउने लगानीकर्ताले ४.९६ प्रतिशतसम्म आम्दानी गर्दा धेरै लगानीकर्ताले १० प्रतिशतसम्म गुमाएका छन्। बजारमा आज कम्पनीहरुको ९ करोड रुपैयाँसम्मको कारोबार भएको छ।
यस दिन युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ।
त्यसैगरी, यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।