Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार बढ्यो सुनचाँदीको भाउ

मंगलबार बढ्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

३, जेठ २०७९
मंगलबार बढ्यो सुनचाँदीको भाउ
images

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा २० रुपैयाँले उकालो लागेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

आइतबार भने सुन तोलामा एक हजार ३०० रुपैयाँले गिरावट भएर प्रतितोला ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य तोलामा १० रुपैयाँले एक हजार २४० रुपैयाँमा झरेको थियो ।

images
प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - ११:४३:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology