ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता बढाउदै लगेका छन् ।
७ हजार ७२६ मत गणना हुँदा महर्जनले ४ हजार ४७३ मत पाएका छन् । नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १ हजार ६२१ र राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ४२० मत पाएका छन् ।
उपप्रमुखमा नेकपा (एमाले) की उम्मेदवार मञ्जली शाक्यले २ हजार ५ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बाबुराज बज्राचार्यले १ हजार ४६४ मत पाएका छन् ।