Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार सात सयले घट्यो सुनको भाउ

मंगलबार सात सयले घट्यो सुनको भाउ

दैनिकी न्यूज

२७, बैशाख २०७९
मंगलबार सात सयले घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । हिजो सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार एक ७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२ सय ७५ रुपैयाँ भाउ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - १२:१६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology