काठमाडौं । सोमबार एक सय रुपैयाँले छापावाल सुनको भाउ बढेको छ । हिजो तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै महासंघको अनुसार चाँदीको भाउ भने यथावत रही तोलाको एक हजार २९५ रुपैयाँ कायम भएको छ ।