ललितपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि ललितपुरको महालक्ष्मी नगरपालिकामा २ सय ३५ जनाको उम्मेदवारी परेको छ । यसमध्ये मेयरमा ९ जना र उपमेयरमा ५ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१० वटा वडा रहेको नगरपालिकामा वडाध्यक्षमा ५६ जनाको उम्मेदवारी दर्ता भएको छ । वडा नं १ मा ५ जना, वडा नं २ मा ८ जना, वडा नं ३ मा ४ जना, वडा नं ४ मा ५ जना, वडा नं ५ मा ५ जना, वडा नं ६ मा ६ जना, वडा नं ७ मा ६ जना, वडा नं ८ मा ६ जना, वडा नं ९ मा ७ जना र वडा नं १० मा ४ जना गरी ५६ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।
त्यस्तै वडा सदस्यमा ८६ जना, महिला सदस्यमा ४५ जना र दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको नेपाली कांग्रेसले जनाएको छ ।