काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख २ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको हो । सोमबार पनि सुनको भाउ तोलामा ३ सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम भएको महासंघले जनाएको छ ।