काठमाडौं उपकार लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले आज बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो ।
आईपिओमा कुल २३ लाख ५१ हजार ४ सय ६२ जनाले आवेदन दिएकोमा २ हजार ४ सय ६ जनाको आवेदन रद्द भएको छ। योग्य रहेका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथाबाट २२ हजार १ सय १५ मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये
कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो ।
कम्पनीले प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो ।
आईपिओमा आवेदन दिएका मध्ये २३ लाख २९ हजार ३ सय ४७ जना आवेदक हात खाली भएका छन् ।