Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

६, बैशाख २०७९
सुनको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो । सोमबार सुनको भाउ तोलामा पाँच सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १४२० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - १०:४७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology