Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से सूचक दोहोरो अंकले घट्यो

नेप्से सूचक दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

४, बैशाख २०७९
नेप्से सूचक दोहोरो अंकले घट्यो
images

काठमाडौं । नयाँ सालको पहिलो कारोबार भएको दिन नेप्से परिसूचक २९ दशमलव ६० अंक घटेको छ ।

बुधबार २४१५.२४ अंकमा रोकिएको सेयरबजार आइतबार २३८.६४ अंकमा आएर रोकिएको हो । बिहीबार नयाँ वर्ष र अन्य दिन नियमित बन्दका कारण बुधबारपछि आज मात्र कारोबार भएको हो ।

आज नेप्सेपरिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज २३३ कम्पनीको ३४ लाख ७ हजार कित्ता सेयर एक अर्ब ४४ करोड बराबरको करोबार भएको छ । बुधबार एक अर्ब ४७ करोडको करोबार भएको थियो ।

आज पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा हिमालय उर्जा विकासको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । आज दुरसञ्चारको करिब ५ करोड बराबरको कारोबार भएको छ । 

images
प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - १९:१२:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology