काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँल्े बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाका १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।