Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसरी बाँडफाँड भयो बलेफी हाइड्रोपावरको आईपीओ

यसरी बाँडफाँड भयो बलेफी हाइड्रोपावरको आईपीओ

दैनिकी न्यूज

२९, चैत्र २०७८
यसरी बाँडफाँड भयो बलेफी हाइड्रोपावरको आईपीओ
images

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणको लागि निष्काशन गरिएको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको नक्साल स्थित कार्यालयमा मंगलवार बिहान आईपीओ बाँडफाँट भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । योग्य २१ लाख ६८ हजार १०० ओटा आवेदनलार्ई मात्र बाँडफाँटमा सहभागी गराईएको हो ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा पहिलो चरणमा १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले शेयर पाएका छन । पहिलो चरणमा शेयर बाँडफाँड गर्दा ३ कित्ता शेयर बाँकी रहन गएकोले त्यसलाई पुनः बाँडफाँड गरिएको छ ।

१० कित्ता शेयर शेयर पाउने १ लाख ६६ हजार ३ सय ४५ जना मध्येबाट १० कित्ता भन्दा बढी शेयरको लागि आवेदन दिएकालाई गोलाप्रथामा समावेश गराई पुनः बाँडफाँड गर्दा ३ जनाले थप १ कित्ताको दरले शेयर पाएका छन । यस आधारमा ३ जनाले ११ कित्तासम्म शेयर हात पारेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका मध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । 

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - १२:४४:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology