Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि

दैनिकी न्यूज

२८, चैत्र २०७८
बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड भोलि
images

काठमाडौं । भोली बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड हुने भएको छ।

आईपीओ बाँडफाँड भोलि बिहान ९ बजे हुनेछ। बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा राखिएको छ। कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको थियो। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ७३ हजार ११९ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ। बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन व्यवस्था गरिएको थियो।

यो आईपीओमा अन्तिम दिन साँझ ५ बजेसम्म २० लाख ५ हजार ७४९ आवेदकबाट २ करोड ४५ लाख ६९ हजार ७७० कित्ता सेयर माग भएको थियो। यो मागभन्दा १४।७७ गुणा बढी आवेदन हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ। जसअनुसार भाग्यमानी १ लाख ६६ हजार ३४५ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनैमध्ये थप ३ जनाले १–१ कित्ताका दरले सेयर पाउनेछन्।

बलेफी हाइड्रोपावर गत चैत १६ गतेदेखि चैत २१ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। यो आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो। 

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - १५:०३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology