Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ १ लाख नाघ्यो

सुनको भाउ १ लाख नाघ्यो

दैनिकी न्यूज

२७, चैत्र २०७८
सुनको भाउ १ लाख नाघ्यो
images

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको तोलाको फेरि १ लाख रुपैयाँ माथि पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ३०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९९ हजार रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - १२:३०:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology