Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेप्से ४०.६८ अंकले बढ्यो

आज नेप्से ४०.६८ अंकले बढ्यो

दैनिकी न्यूज

१६, चैत्र २०७८
आज नेप्से ४०.६८ अंकले बढ्यो
images

काठमाडौं । बुधबार नेप्से सूचक ४० दशमल ६८ अंकले बढेर २५६८.२६ बिन्दुमा पुगेको छ भने ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१३ अंकले बढेर ४८०.०६ अंकमा पुगेको छ । यस दिन कारोबारमा आएका २३२ मध्ये १९९ कम्पनीको सेयरमूल्य बढेको छ भने २४ वटा कम्पनीको घटेको छ । ९ कम्पनीको सेयरमूल्य स्थीर भयो अर्थात कुनै परिवर्तन भएन ।

कारोबारमा आएको सबै उपसमुहगत सूचक उकालो लागेसँगै कारोबार रकममा समेत सुधार आएको छ । मंगलबार १ अर्ब ७५ करोडको सेयर कारोबार भएको बजारमा बुधबार कारोबार रकम ५० करोडले वृद्धि हुँदै २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ । यसदिन २३२ कम्पनीका ४५ लाख २ हजार ५११ कित्ता सेयर ३६ हजार ८११ वटा संख्यामा खरीद बिक्री भएको हो ।

आज कारोबारमा आएकामध्ये सबैभन्दा बढी अन्य उपसमुहगत सूचक ४।१२ प्रतिशतले उकालो लाग्दा विकास बैंक र फाइनान्स पनि ३ प्रतिशत धेरैले वृद्धि भएको छ । लगानी, जलविद्युत र होटल २ प्रतिशत बढी र बैंकिङ्ग र ब्यापार एक प्रतिशत कम बढ्दा बाँकी सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ । 

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - १५:५८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology