Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज पनि घट्यो सुनको भाउ

आज पनि घट्यो सुनको भाउ

दैनिकी न्यूज

१६, चैत्र २०७८
आज पनि घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज पनि घटेको छ । हिजो सुनको भाउ प्रतितोला ९९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो । मंगलबार सुनको भाउ तोलामा १३ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९८ हजार ८ रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय ६० रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - ११:५२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology