काठमाडौं । ओरालो यात्रामा रहेको धितोपत्र बजार पछिल्लो ५ कारोबार दिनमा लगातार झरेको छ । गत बुधबारदेखि निरन्तर दोहोरो अंकले घटेको बजार यो साताको मंगलबारसम्म आइपुग्दा १२४ अंकले ओरालो लागेको हो । नेप्से परिसूचक मंगलबार पनि दोहोरो अङ्कले घटेको छ । मंगलबार १४.२६ अंकले घटेर दुई हजार ५२७.५८ विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१५ अंकले घटेर ४७१।९३ को विन्दुमा ओर्लेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका ३८ लाख ९० हजार १३१ कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँमा किनबेच भएका छन्।
नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूह मध्ये होटल तथा पर्यटन बाहेक सबै उपसमुहको सूचक घटेको छ । यसदिन इमर्जिङ् नेपाल लिमिटेड, नेष्डो समृद्ध लघुवित्त, राष्ट्रउत्थान लघुवित्त संस्था, जाल्पा लघुवित्त, समता लघुवित्त लगायतको सेयरमूल्य बढेको छ ।
नेपाल लाइफ जिवन विकास लगायतको शेयर मूल्य धेरै घटेको छ । आजको बजारमा कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ । यो कम्पनीको ७ करोड ९१ बराबरको कारोबार भयो।