Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा ४ करोड ७७ लाख बोनस शेयर सूचिकृत

नेप्सेमा ४ करोड ७७ लाख बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

१५, चैत्र २०७८
नेप्सेमा ४ करोड ७७ लाख बोनस शेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पौने ५ करोड बढी कित्ता सेयर थपिएको छ।

नेप्सेमा नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्तको ४ करोड ७७ लाख ८८ हजार २२।८५९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा नबिल बैंकको मात्रै ४ करोड ६५ लाख १७ हजार ३५५।८९ कित्ता, एक्सेलको ९ लाख ७३ हजार ३४५।४६९७ कित्ता र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१।५० कित्ता बोन सेयर छन्।

यी तीनै बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीमा सूचीकृत भएको छ। गत वर्ष आर्थिक वर्षका लागि नबिलले ३३.६० प्रतिशत, एक्सेलले १२ प्रतिशत र स्वाभिमान लघुवित्तले ३२.३० प्रतिशत बोनस सेयर वितरण गरेका थिए। 

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १४:१४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology