काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ११ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।