Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज पनि कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै

आज पनि कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै

दैनिकी न्यूज

१३, चैत्र २०७८
आज पनि कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै
images

काठमाडौं । आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु भएको एक महिने चुनावी घरदैलो अभियानको समीक्षा पनि भइरहेको छ।

शुक्रबारदेखि शुरु भएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले आगामी स्थानीय तह चुनावमा तालमेल गर्ने विषयमा चासो राखेका थिए। सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलहरुसँग तालमेल गरेर चुनावमा जाने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर पार्टीको संस्थापन इतर समूहका नेताहरु भने चुनावी तालमेलको विरोधमा देखिन्छन्।

बैठकमा बोल्ने नेताहरुले गत स्थानीय तह निर्वाचनमा गरिएको चुनावी तालमेलबाट पार्टीलाई धोका भएको बताउने गरेका छन्। कतिपय नेताले गठबन्धन गर्दै जाँदा पार्टी नै पतनको बाटोमा जाने भन्दै सभापति देउवाको ध्यानाकषर्ण गराएका छन्। यो केन्द्रीय कार्य समिति बैठकले चुनावी तालमेलबारे पनि निर्णय लिने बताइएको छ।

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - ०८:५५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology