Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चैत २५ गतेदेखि अपि पावरले हकप्रद निष्काशन गर्ने

चैत २५ गतेदेखि अपि पावरले हकप्रद निष्काशन गर्ने

दैनिकी न्यूज

९, चैत्र २०७८
चैत २५ गतेदेखि अपि पावरले हकप्रद निष्काशन गर्ने
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि कम्पनीले चैत १४ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गर्नेछ। यसअनुसार चैत १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डको इजाजतप्राप्त सी–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।

हाल २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।

यो हकप्रदमा नेपाल धितोपत्र बोर्डले गत फागुन २६ गते निष्कासन अनुमति दिएको थियो।

यसअघि गत जेठमा पनि अपी पावरले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २९.३९ प्रतिशत हकप्रद बिक्री गरेको थियो। 

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - ११:१४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology