काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ एकै दिन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज १ हजार १ सयले घटेको सुनचाँदी महासंघले जानकारी दिएको हो ।
हिजो (मंगलबार) छापावाल सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ पुगेको थियो । यस्तै, तेजाबी सुनको भाउ ९९ हजार ८०० रुपैयाँ थियो । आज छापावाल सुनको भाउ १ हजार १ सयले घटेसँगै तोलामा ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, आज तेजाबी सुनको भाउ ९८ हजार ७०० रुपैयाँ छ ।
सुनको मूल्य घटेको दिन आज चाँदीको भाउ पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार भाउ तोलामा १ हजार ३ सय ९५ रुपैयाँ थियो ।