काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबारको तुलनामा सोमबार सुनको भाउ ३०० रुपैयाँले बढेर छापावाला सुनको मूल्य तोलाको ९९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ पनि सोमबार चाँदीको भाउ भने स्थीर रहेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ३७५ रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबारको तुलनामा हिजो तोलामा १० रुपैयाँ घटेर आजकै भाउमा चाँदीको कारोबार भएको थियो ।