Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तोलामा पाँच सयले घट्यो सुनको भाउ

तोलामा पाँच सयले घट्यो सुनको भाउ

दैनिकी न्यूज

३०, फाल्गुण २०७८
तोलामा पाँच सयले घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख २ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १४ सय १५ रुपैयाँ भाउ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - १२:३६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology