Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दैनिकी न्यूज

२६, फाल्गुण २०७८
बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
images

काठमाडौं । सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिनेछ।

कम्पनीले गत माघ २७ गतेबाट जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गरेको छ।

कुल निष्कासित कित्तामध्ये वातावरण मूल्यांकन प्रतिवेदनबमोजिम सिन्धुपाल्चोको आयोजना प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. २, ३ र ४ का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नं. ७ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्।

आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीले आयोजना प्रभावितलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरकै आईपीओ जारी गर्नेछ।

यो आईपीओमा हिजो बुधबार साँझ ६ बजेसम्म कुल ११ हजार ७४ आवेदकबाट २४ लाख ६४ हजार २२१ कित्ता सेयर माग भएको छ। जसमा आयोजना प्रभावित क्षेत्रबाट ४ हजार २७२ आवेदकबाट १२ लाख ३३ हजार ३८० कित्ता र प्रसारण लाइनबाट प्रभावित क्षेत्रबाट ६ हजार ८०२ आवेदकबाट १२ लाख ३० हजार ८४१ कित्ता सेयर माग भएको छ।

नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते यो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो। 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०९:५८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology