Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

यसरी भयो नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

दैनिकी न्यूज

२४, फाल्गुण २०७८
यसरी भयो नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड
images

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज दिउँसो साढे १ बजे नेष्डो समृद्ध लघुवित्तको आईपीओ काठमाडौंको जमलस्थित होटेल एल्लो प्यागोडा बाँडफाँड गरेको हो।

यो संस्थाले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।

संस्थाले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिने व्यवस्था गरिएको थियो।

क्यापिटलका अनुसार यो आईपीओमा कुल २५ लाख २७ हजार १०१ आवेदकबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो। तीमध्ये ४ हजार ११६ जनाको आवेदन रद्द भएका छन् भने २५ लाख २२ हजार ९५५ आवदेकको आवेदनमात्र सदर भएको छ। मागभन्दा बढीको आवेदन परकोले सदर आवेदकमध्ये गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले सेयर पाएका छन्। दोस्रो चरणको गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्ये ३ जनाले थप १–१ कित्ताको दरले सेयर पाएका छन्। आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६४५ जना आवेदकको हात खाली भएको छ। 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - १६:५८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology