Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेष्डो समृद्द लघुवित्तको आईपीओ बाँडफाँड मंगलबार हुने

नेष्डो समृद्द लघुवित्तको आईपीओ बाँडफाँड मंगलबार हुने

दैनिकी न्यूज

२१, फाल्गुण २०७८
नेष्डो समृद्द लघुवित्तको आईपीओ बाँडफाँड मंगलबार हुने
images

काठमाडौं । नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड मंगलबार हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइतवार प्रि अलोटमेन्ट सम्पन्न गरी मंगलवार अन्तिम बाँडफाँट गर्ने तयारी भएको जानकारी दिएको छ । 

कम्पनीको आईपीओमा करिब २६ लाखले आवेदन दिएका छन् । मागभन्दा ३८ गुणा आवेदन परेको उक्त कम्पनीको आईपीओ ७७ हजार ४५६ जनाले मात्र पाउनेछन् । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ आगामी मंगलवार बाँडफाँट गर्नेछ । 

हालको बाँडफाँट ब्यवस्था अनुसार न्यूनतम १० कित्तासम्म माग गर्ने योग्य आवेदकहरुमध्यबाट ७४ हजार ५६३ जनालाई गोलाप्रथाका माध्यमबाट पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट हुनेछ । 

त्यसपछि बाँकी रहेको ३ कित्ता शेयर थप तीन जनाले एक कित्ताका दरले पाउँनेछन् । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म प्राप्त गर्ने छन् । 

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - १५:०९:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology