Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तोलामै करिब एक लाख पुग्यो सुनको भाउ

तोलामै करिब एक लाख पुग्यो सुनको भाउ

दैनिकी न्यूज

२०, फाल्गुण २०७८
तोलामै करिब एक लाख पुग्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै एक लाख नजिक पुगेको छ । हिजो सुनको भाउ प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि भाउ कायम गरिएको महासंघले जनाएको छ ।

 महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १०:४९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology