काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक वाणिज्य बैंकसहित तीन कम्पनीका झन्डै ९६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको २८ लाख ७३ हजार ७६ कित्ता, सेञ्चुरी कर्मशियल बैंकको ५१ लाख ९४ हजार ७९६ दशमलव ९६ कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनीको १५ लाख ३१ हजार २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खाताम आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२.७० प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । त्यसैगरी सेञ्चुरी कर्मशियल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट ५.७५ प्रतिशत बोनस शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीले माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १४.२५ प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।