Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
सेयर बजारमा पहिरो
images

काठमाडौं । सेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ सय भन्दा तल झरेको छ । बुधबार ६३.९८ अंकले घटेर नेप्से परिसूचक १५ सय ४६ दशमलव ६ अंकमा आएर कारोबार बन्द भएको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११.५२ अंकले घटेको छ ।

बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा रोकिएको छ ।

आज नेप्से उपसमूहका रहेका १३ वटै समूहको शेयर मूल्य घटेको छ । यो दिन वित्त समूह सर्वाधिक ३.६५ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूह ३.६३ प्रतिशत, बैंकिङ समूहमा १.६१ प्रतिशत, व्यापार समूह २.४ प्रतिशत, होटेल तथा पर्यटन समूह १.२८ प्रतिशत, विकास बैंक समूह ३.४ प्रतिशत, जलविद्युत समूह ३.३९ प्रतिशत, निर्जीवन बीमा समूह २.७७ प्रतिशत, अन्य समूह २.३१ प्रतिशत, लघुवित्त समूह २.१४ प्रतिशत, जीवन बीमा समूह ३.२८ प्रतिशत, म्युचुअल फन्ड समूह १.४५ प्रतिशत र लगानी समूह ३.२३ प्रतिशतले घटेको छ ।


बजारमा उच्च अंकको गिरावट आउँदा तीन कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । सबैधन्दा धेरै बढ्नेमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य २२ रुपैयाँले बढेर ५७२ रुपैयाँ पुगेको छ ।

यसैगरी सिभिल बैंकको सेयर मूल्य २.८ रुपैयाँले बढेर २२६.३ रुपैयाँ पुगेको छ भने स्वावलम्बन लघुवित्तको सेयर मूल्य २० रुपैयाँले बढेर १८८० रुपैयाँ पुगेको छ । बाँकी सबै कम्पनीहरुको सेयर मूल्य बुधबार घटेको छ ।

त्यस्तै, आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८।२६ प्रतिशतले घटेर प्रतिकित्ता ६३१ रुपैयाँमा झरेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड १८ लाख भन्दा बढीको कारोबार भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - १५:१९:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology