काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा १४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९६ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले घटेर चाँदी १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।