Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शेयर बजार सामान्य अंकले घट्यो

शेयर बजार सामान्य अंकले घट्यो

दैनिकी न्यूज

१५, फाल्गुण २०७८
शेयर बजार सामान्य अंकले घट्यो
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज सामान्य अंकले घटेको छ । आज बजार ७.७३ अंकले घटेर नेप्से परिसूचक २६५३.७० को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७३ अंकले घटेर ५०६.८४ को विन्दुमा आएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ७० लाख ४० हजार ५६३ कित्ता सेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९१० रुपैयाँमा किनबेच भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटाको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन जलविद्युत समूह १.०४ प्रतिशतले बढेको छ । अन्य समूह पनि ०.६५ प्रतिशतले बढेको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.०९ प्रतिशतले घटेको छ । जीवन बीमा समूह ०.८१ प्रतिशत, बैंकिङ समूह ०.६९ प्रतिशत, व्यापार समूह ०.२६ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.०९ प्रतिशत, विकास बैंक समूह ०.५५ प्रतिशत, वित्त समूह ०.४७ प्रतिशत, निर्जीवन बीमा समूह ०.२८ प्रतिशत, लघुवित्त समूह ०.६१ प्रतिशत, म्युचुअल फन्ड समूह ०.३३ प्रतिशत र लगानी समूहमा ०.१८ प्रतिशतको गिरावट आएको छ।

यो दिन युनिभर्सल पावरको सर्वाधिक २० करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १९ करोड ६ लाख, नेसनल हाइड्रोपावरको १४ करोड ४३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड १९ लाख रुपैयाँ, अपी पावरको ९ करोड ७४ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ८ करोड २२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड ४५ लाख रुपैयाँ र जीवन विकास लघुवित्तको ७ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज नेसनल हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा बढेको छ ।

यो दिन हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - १५:५१:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology