Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसरी भयो राष्ट्र उत्थान लघुवित्तको आईपिओ बाँडफाँड

यसरी भयो राष्ट्र उत्थान लघुवित्तको आईपिओ बाँडफाँड

दैनिकी न्यूज

१२, फाल्गुण २०७८
यसरी भयो राष्ट्र उत्थान लघुवित्तको आईपिओ बाँडफाँड
images

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जस मध्ये ५ हजार ८५९ जनाको आवेदन रद्द भएको छ । योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको र उनीहरुले कुल १ करोड ९४ लाख ६७ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका छन् ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएक छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका छन् ।

राष्ट्र उत्थान लघुवित्तले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म जारी पुँजी २६ करोड रुपैयाँको ३२।६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।

राष्ट्र उत्थान लघुवित्तको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - १६:०२:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology