Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कति आवेदन नेष्डो समृद्द लघुवित्तको आईपिओमा ?

कति आवेदन नेष्डो समृद्द लघुवित्तको आईपिओमा ?

दैनिकी न्यूज

१२, फाल्गुण २०७८
कति आवेदन नेष्डो समृद्द लघुवित्तको आईपिओमा ?
images

काठमाडौं । नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओमा बुधबार माग भन्दा १० गुणा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपिओमा बुधबार साँझ ५ः३० बजेसम्ममा ६ लाख ७५ हजार ७ सय ६९ जना आवेदकले ८० लाख २७ हजार ३ सय ४० कित्ता शेयरको लागि आवेदन दिएका हुन् । यो माग गरिए भन्दा १०.३६ गुणा बढी हो ।

कम्पनीले आज फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७८ बिहिवार - ०६:२८:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology