Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो । चाँदी पनि यस दिन तोलामा १५ रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

सोमबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँले गिरावट भएको थियो । त्यस दिन सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा झरेको थियो ।

मंगलबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले उकालो लागेर प्रतितोला १३ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला १३०० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - ११:१२:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology