Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दोहोरो अंकले घट्यो नेप्से, यी हुन् धेरै मूल्य घट्ने कम्पनीहरु

दोहोरो अंकले घट्यो नेप्से, यी हुन् धेरै मूल्य घट्ने कम्पनीहरु

दैनिकी न्यूज

८, फाल्गुण २०७८
दोहोरो अंकले घट्यो नेप्से, यी हुन् धेरै मूल्य घट्ने कम्पनीहरु
images

काठमाडौं । सेयर बजार उच्च अंकको गिरावट आएको छ । गत साता ६५ अंकले घटेको नेप्स यस साताको पहिलो दिनमै ३९ अंकले घटेको हो ।

गत बिहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जामा थप कडाइ गर्ने घोषणा गरेसँगै नेप्सेमा भारी गिरावट आएको हो । गत सातादेखि ओरालो लागेको नेप्से मौद्रिक नीतिमा गरिएको व्यवस्थाले लगानीकर्ता निराशा हुँदै झनै प्रभावित भएको हो ।

आइतबार नेप्से ३९.४० अंकले घटेर २६९३.१० विन्दुमा आइपुगेको छ । आज २३० कम्पनीको ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँ बराबरको ७१ लाख २२ हजार २९९ कित्ता सेयर किनबेच भएको छ ।


आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.४४ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादनमूलक, निर्जीवन बीमा र फाइनान्स समूह पनि २ प्रतिशतले घटेको छ

आज कारोबार भएका २३० कम्पनीमध्ये जम्मा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको ५८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम १९ करोड र अरुण भ्याली १७ करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।


उच्च अंकले घटेको बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ४.७४ प्रतिशतले घटेको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत् र प्रिमियर इन्स्योरेन्सको मूल्य पनि ४ प्रतिशतले घटेको छ ।

त्यसैगरी, आइएमई जनरल, मिथिला लघुवित्त, नेरुडे लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स, गोर्खा फाइनान्स, युनियन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्सको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।

घट्दो बजारमा आज युनाइटेड इदी मार्दीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - १६:५०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology