काठमाडौं । आइतवार नेप्सेमा चार कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । नेप्सेमा आज एकैदिन २ करोड ६७ लाख बढी कित्ता सेयर थपिएको छ।
नेप्सेमा सनराइज बैंक, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक र गुराँस लाइफ इन्स्योरेन्सको कुल २ करोड ६७ लाख ५८ हजार ४७४।४१ कित्ता बोनस सेयर सूचीकृत भएको हो। जसमा सनराइज बैंकको ६३ लाख ९ हजार ४८३.०९ कित्ता, लक्ष्मी बैंकको ८५ लाख ५६ हजार ५५१.८९ कित्ता, नेपाल बंगलादेश बैंकको १ करोड ८ लाख ५ हजार ७८५.४३ कित्ता र गुराँस लाइफको १० लाख ८६ हजार ६५४ कित्ता रहेका छन्।
यीमध्ये बैंकहरुको गत आर्थिक वर्षको र गुराँस लाइफको अघिल्लो आर्थिक वर्षको बोनस सेयर सूचीकृत भएका हुन्। यीमध्ये सनराइज बैंकले ६.६५ प्रतिशत, लक्ष्मी बैंकले ८ प्रतिशत, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत र गुराँस लाइफको ५.५००४ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेका थिए।