Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जीवन विकास लघुवित्तद्वारा बम्पर लाभांश प्रस्ताव

जीवन विकास लघुवित्तद्वारा बम्पर लाभांश प्रस्ताव

दैनिकी न्यूज

८, फाल्गुण २०७८
जीवन विकास लघुवित्तद्वारा बम्पर लाभांश प्रस्ताव
images

काठमाडौं । जीवन विकास लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी तेस्रो वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६४ लाख रहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - ११:१६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology