Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्काशन

आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्काशन

दैनिकी न्यूज

८, फाल्गुण २०७८
आजदेखि समृद्धि फाइनान्सको हकप्रद निष्काशन
images

काठमाडौं । आजदेखि समृद्धि फाइनान्स लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गर्दैछ। फाइनान्सले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गरेको थियो। यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - ०९:५५:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology