Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोल, डिजेल र मट्टितेलको आज भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको आज भाउ बढ्यो

दैनिकी न्यूज

७, फाल्गुण २०७८
पेट्रोल, डिजेल र मट्टितेलको आज भाउ बढ्यो
images

काअठमाडौं । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो।

यससँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ।

यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जनाएका छन्।

मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको कार्कीले बताए। यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको थियो

यसअघि निगमले ​गत माघ १८ मूल्य बढाएर हालसम्मकै महँगो बनाएको थियो। त्यो रेकर्ड शनिबार फेरि तोडिएको छ।

नेपाल आयल निगमले बुधबार मात्रै प्राप्त मूल्य सूची अनुसार भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जनाएको थियो।​

बुधबार भारतबाट पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँभन्दा धेरैले बढेर आएको निगमले जनाएको थियो।

निगमले हालसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा रहेको निगमले जनाएको छ।

कच्चा तेलको मूल्य अमेरिकी डलर ९० देखि ९६ प्रति ब्यारेल पुगिसकेको निगमले जनाएको छ।​

इन्डियन आयल कर्पोरेसनबाट निरन्तर मूल्य वृद्धि गराएर पेट्रोलिय पदार्थ आइरहेकाले घाटा पनि उच्च बिन्दुमा पुगेको निगमका सहप्रवक्ता कार्कीले बताएका छन्।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - २१:५२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology