Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शेयर बजार आज पनि घट्यो

शेयर बजार आज पनि घट्यो

दैनिकी न्यूज

५, फाल्गुण २०७८
शेयर बजार आज पनि घट्यो
images

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । नेप्से आज १.९३ अङ्कले घटेर दुई हजार सात सय ३२ दशमलव ५२ विन्दुमा झरेको छ ।

दुई सय २७ कम्पनीका ४० लाख १७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज व्यापार, जलविद्युत्, उत्पादन र म्युचुल फन्ड समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य ओरालो लागेको छ ।

आज बजारसँगै कारोबार रकम पनि घटेको छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्त संस्थाको २२ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोको शेयर चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि तेह्रथुम पावर कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झण्डै साढे ६ प्रतिशतले बढेको छ । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - १६:१७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology