Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कति आवेदन पर्यो राष्ट्र उत्थान लघुवित्तको आईपीओमा ?

कति आवेदन पर्यो राष्ट्र उत्थान लघुवित्तको आईपीओमा ?

दैनिकी न्यूज

५, फाल्गुण २०७८
कति आवेदन पर्यो राष्ट्र उत्थान लघुवित्तको आईपीओमा ?
images

काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १७.७२ गुणा बढी आवेदन परेको छ ।

पहिलो दिन साँझ ६ बजेसम्म ७ लाख २८ हजार १९३ जना आवेदकबाट ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ४८ हजार ४९० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । यो सर्वसाधारणलाई छुट्याएको शेयरको १७ दशमलव ७२ गुणा बढी माग हो ।

कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

यो आईपीओ खरीदका लागि फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा माग बमोजिम आवेदन नपरेमा भने फागुन १८ गतेसम्म विक्री खुला हुने कम्पनीको भनाइ छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन ८ गते नै यो आईपीओ बन्द हुने देखिन्छ ।

कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । 

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - ०६:११:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology