Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियम पदार्थको भाउ फेरि बढेर आयो

पेट्रोलियम पदार्थको भाउ फेरि बढेर आयो

दैनिकी न्यूज

५, फाल्गुण २०७८
पेट्रोलियम पदार्थको भाउ फेरि बढेर आयो
images

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर आएको नेपाल आयल निगम लिमिटेडले जनाएको छ।

निगमले बुधबार विज्ञप्ति जारी गरी कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य पठाएको जानकारी दिएको हो।

नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ। नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ।

हेर्नुहोस आयल निगमले जारी गरेको विज्ञप्ति

1.jpg

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - ०५:२३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology