Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फागुन ११ गतेदेखि नेष्डो समृद्द लघुवित्तले आईपिओ निष्काशन गर्दै

फागुन ११ गतेदेखि नेष्डो समृद्द लघुवित्तले आईपिओ निष्काशन गर्दै

दैनिकी न्यूज

४, फाल्गुण २०७८
फागुन ११ गतेदेखि नेष्डो समृद्द लघुवित्तले आईपिओ निष्काशन गर्दै
images

काठमाडौं । फागुन ११ गतेदेखि नेष्डो समृद्द लघुवित्तले फागुन सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ। कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीको केन्द्रिय कार्यालय पर्वतको कुश्मामा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख पुग्ने छ ।

राष्ट्र उत्थान लघुवित्तको यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०९:५४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology